काठमाडौं -मुगुको छायाँनाथमा एकै परिवारका चारजनाको हत्याको अभियोगमा पक्राउ परेकाहरुले एक वर्षे बालक रोएकोले गाउँलेले थाहा पाउलान् भनेर उनको पनि हत्या गरेको बताएका छन् ।
कात्तिक ८ गते साँझ श्रीदेवी बोहोराको घरमा दुईजना आफन्तहरुले आफ्नो परिवारै सखाप पार्लान् भन्ने श्रीदेवीले सोचेकी पनि थिइनन् । आफन्त पर्नेहरु गोपाल बोहोरा र गोर्खराज शाही भनिने कालेले श्रीदेवीलाई धम्क्याउदै गहना मागेपछि स्थिती तनाग्रस्त भएको थियो । वैदेशिक रोजगारीमा भएका श्रीमान्ले कमाएको पैसाले केही गहना किनेर लगाएकी श्रीदेवीप्रति यी दुईले करिब बर्षदिन अघि देखि नै बक्र दृष्टी लगाएको जिल्ला प्रहरी कार्यलयल मुगुका डिएसपी वीरेन्द्र थापाले बताउनुभयो ।
आफूले लगाएको सुन दिन नमानेपछि दुवैले हतियार प्रयोग गरेर आमालाई छप्काए । घरमै रहेका छोरा ११ वर्षीय मनोज र ७ वर्षीय छोरी अप्सराले आफूहरुलाई चिनेकोले पोल खुल्ने डरले उनीहरुलाई पनि छप्काए । डिएसपी थापाका घटना भइरहदा पाँच महिनाका छोरा रहर जोडले रुन थाले पछि गाउँलेले थाहा पाउलान् भनेर उनको पनि हत्या गरेको बोहोराले प्रहरीसँगको बयानमा भनेका छन् । उनीहरुलाई ११ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको थापाले जानकारी दिनुभयो ।





प्रतिक्रिया