काठमाडौं -प्रविधिका कारण आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) ले मानवीय स्रोतलाई अवसर चुनौति दुवै उपलब्ध गराएको छ । अवसर यसकारण उपलब्ध गराएको छ कि मानिसले आफूले चाहेको कुरा एआईले तुरुन्तै गरिदिन्छ । जस्तै आफ्नो जस्तो स्वर निकाल्ने,आफ्नो लयमा गीत गाइदिने,आफूलाई चाहिएको कुनै विषयवश्तु तयार गरिदिने आदि । एआईले चुनौति पनि यसरी थपिदिएको छ कि यसको दुरुपयोगले मानिसलाई हायलकायल पार्ने सम्भावना पनि उत्तिकै हुन्छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हकमा पनि एआईले त्यस्तै चमत्कार गरिदिएको छ । अध्यक्ष ओलीको स्वरमा चर्चित दोहोरी गीत ‘सालको पात टपरी हुने,नहुने सल्लैको…’ गीत गाएर टिकटकमा हालिएको छ । अध्यक्ष ओलीले कुनै बेला कुनै प्रसँगमा यस गीतको विषयमा छोटो मन्तव्य राख्नु भएको थियो । टिकटकमा राखिएको भिडियोमा अध्यक्ष ओलीको उक्त भनाइ पछि उहाँकै स्वरमा गीत कम्पोज गरिएको छ ।
यस गीतका विषयमा अध्यक्ष ओलीको मन्तव्य यस्तो छ ‘सालको पात टपरी गाँसेर टपरी,हुदैन सल्लैको,हे बरै..।’
टिकटक स्क्रोल गर्दै गर्दै जाँदा आफ्नै स्वरमा सालको पात टपरी..भन्ने गीत देखेपछि अध्यक्ष ओलीले आफूलाई अचम्म लागेको कुरा सामाजिक सञ्जालमा लेख्नु भएको छ ‘प्रविधिको विकास हुनु राम्रो तर आफूले बोल्दै नबोलेको कुरा पनि यसरी आइरहेका छन् कि जस्तो पो लाग्दैछ ’ अध्यक्ष ओलीले लेख्नु भएको छ ‘प्रविधिले सजिलो मात्र होइन,दुुरुपयोगको चुनौती पनि थप्न सक्छ ।’
गीत सुन्न तलको लिंकमा क्लिक गर्नुहोस
https://www.tiktok.com/@aiartistnepal/video/7299993731833351426?fbclid=IwAR2Gqgyi8RgaCbhauC





प्रतिक्रिया