अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प पिडितको उद्धार र राहतमा विभेद नगर्न नेता दाहालको आग्रह

भूकम्प पिडितको उद्धार र राहतमा विभेद नगर्न नेता दाहालको आग्रह


दमक – नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पका कारण क्षती व्यहोरेका पिडीतहरुलाई विना विभेद उद्धार र राहतको काममा जुट्न सरकारलाई आग्रह गर्नु भएको छ ।

शनिबार दमकमा भएको शुभकामना आदन प्रदान कार्यक्रममा नेता दाहालले भुकम्प पिडीतहरुले उद्धार तथा राहतमा समेत विभेद भएको र पूर्वाग्रह राखिएको गुनासो गरेकाले त्यो विषय गम्भिर भएको जनाउनुभयो । ‘यदि त्यस्तो भएको हो भने यो गम्भिर हो, सरकारको यसबारेमा ध्यान जान जरुरी छ’ उहाँले भन्नुभयो, ‘२०७२को भुकम्पमा समेत यस्तो थिएन तर यस पटक किन यस्तो गुनासो आई रहेको छ, गम्भिर हुनु पर्यो ।’

उहाँले पूर्वी नेपालको समाज रुपान्तरणमा महागुरु एवम् राष्ट्रिय विभूती फाल्गुनन्दको योगदान महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो । महागुरुको जन्मजयन्तीको सन्दर्भमा आफ्नो धारणा राख्दै नेता दाहालले उहाँले दिनु भएको विचार र दर्शन अनुशरण गरेर समाज रुपान्तरण र विकासमा लाग्न आवश्यक भएको समेत उल्लेख गर्नुभयो । प्रेस चौतारी नेपाल माई पश्चिम क्षेत्रीय समितिले कार्यक्रमको संयोजन गरेको अध्यक्ष भुमिराज पराजुलीले जानकारी दिनुभयो ।