अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी यात्राको थप योजना बनाउन आज एमाले केन्द्रीय कार्यालयको बैठक

मध्यपहाडी यात्राको थप योजना बनाउन आज एमाले केन्द्रीय कार्यालयको बैठक


काठमाडौं -नेकपा एमालेले तय गरेको मध्यपहाडी यात्राको थप योजना निर्माणका लागि आज पार्टी केन्द्रीय कार्यलयको बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार दिउसो २ बजे पार्टी कार्यलय च्यासलमा बैठक बस्न लागेको हो । बैठकले यात्रामा सहभागी हुने केन्द्रीय टिम,यात्राको रुट,आमसभा र कोणसभा गरिने ठाउँहरु,बासबस्ने स्थान आदिका बारेमा निर्णय गर्नेछ । यसैगरी स्थानीय कमिटीहरु परिचालनका लागि निर्देशन दिने छ ।
एमाले स्रोतका अनुसार यात्राको क्रममा छरितो केन्द्रीय टिम परिचालन हुनेछ । पार्टी केन्द्रीय सचिवालयका १७ जना र केही विभागीय प्रमुखहरु केन्द्रीय टिममा समेटिनेछन् । प्रदेशबाट स्थायी र केन्द्रीय समितीमा प्रतिनिधित्व गरेका नेताहरुलाई आफ्नो प्रदेशमा भरी खटिनका लागि निर्देशन दिने तयारी छ । यसैगरी प्रदेशका पदाधिकारी सदस्यहरु पनि सोही टिममा हुनेछन् । जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु आफ्नो जिल्लाभरी र पालिकाका पदाधिकारीहरु आफ्नो पालिका भित्र परिचालित हुनेछन् ।
एमालेले मंसिर १४ देखि १६ दिनका लागि बैतडीको झुलाघाट देखि पाँचथरको चिवाभञ्जायङसम्मको यात्रा गर्ने चारदिन अघिको सचिवालय बैठकले निर्णय गरेको हो । ‘झुलाघाट– चिवा भञ्ज्याङ,समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर मध्यपहाडीका २६ वटा जिल्लामा एमालेले यात्राको तयारी गरेको छ । खासगरी मध्यपहाडबाट भइरहेको बाह्य बसाँइसराइ रोक्न,त्यहाँको समृद्धिको खाका कोर्न,मध्यपहाडमा बिथोल्न खोजेको सद्ध्भाव कायम गर्न र जनतासँग प्रत्यक्ष संवाद गर्न यात्राको तयारी गरिएको हो । यात्रा अवधीभर अध्यक्ष केपी शर्मा ओली सहभागी हुने जनाइएको छ ।

एमालेमा महासचिवको नेतृत्वमा उपमहासचिव र सात जना सचिव सहितको केन्द्रीय कार्यलय गठन गरिएको छ ।