अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवलपरासीको देवचुलीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

नवलपरासीको देवचुलीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु


नवलपरासी-नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-९ जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ।

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो। दुर्घटनामा एक जना घाइते भएका छन्।  

दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो। जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।