अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक कोर्स परिवर्तन आवश्यक छ: अष्टलक्ष्मी शाक्य

राजनीतिक कोर्स परिवर्तन आवश्यक छ: अष्टलक्ष्मी शाक्य


काठमाडौं-नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक कोर्स परिवर्तन आवश्यक रहेको बताउनुभएकोछ।

उपाध्यक्ष शाक्यले संघीयता र गणतन्त्रको रक्षाको लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो। उहाँले देशको अवस्था झन् बिग्रिँदै गरहेको अवस्थामा एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभयो।

उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘हामीले त देशको स्थितिलाई नै ख्याल गरेर यसरी चल्दैन भनेर राजनीतिक कोर्स परिवर्तनको प्रयास गरेको थियौं। अहिले एमालेलाई अलग राखेर भागवण्डा र कुर्सीमा केन्द्रित छन्। सत्तामा पुगेकाहरुले स्वार्थ हेर्नेभन्दा अरु कुनै काम गरेका छैनन्।’

गठबन्धन कायम भएसम्म देश बर्वादितर्फ जाने उपाध्यक्ष शाक्यले बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशको अवस्था बिग्रिँदै जाँदा एमालेले टुलुटुलु हेरेर बस्दैन। सत्ता परिवर्तनको खेलमा नयाँ ढंगले जानुपर्छ भन्ने सोचेर कांग्रेससँग पनि कुरा गरेका हौं। कोशी सरकार गठनपछि हामीले केही प्रयास गरेका थियौं। सकेनौं । अहिले हाम्रो ध्यान त्यतातर्फ छैन।’