अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षा क्षेत्रको सुधारले मात्रै समाज बदल्न सकिन्छ : नेता आचार्य

शिक्षा क्षेत्रको सुधारले मात्रै समाज बदल्न सकिन्छ : नेता आचार्य


काठमाडौँ–नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले शिक्षा क्षेत्रको सुधारले मात्रै समाज बदल्न सकिने बताउनुभएको छ । भोलिको समाजको हरेक क्षेत्रको नेतृत्व अहिलेका कलिला बालबालिकाहरुले नै गर्ने भएकोले यिनिहरुमा सकारात्मक सोचको विकास गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

निचे नामक संस्थासँगको समन्वयमा बेलपत्री आविमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ड्रेस, जुत्ता र झोला हस्तान्तरण गर्दै नेता आचार्यले यस्तो बताउनुभएको हो ।  अधिकांश दलित समुदायका बालबालिका पढ्ने सो विद्यालयलाई दलित स्कुल भन्ने गरिएको भन्दै उहाँले यस्ता विषयमा हेपाहको दृष्टिकोणले नभई सकारात्मक सोच राख्नु पर्नेमा जोड दिनुभयो ।

बालबालिकाहरुलाई पढाइप्रति रुचि जगाउन र सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउन आफू ड्रेस, जुत्ता र झोलासहित जुनिचाँदे पुगेको आचार्यको भनाई छ । आफू कुनै पदमा रहेपनि नरहेपनि सधैँ जनताको साथमा रहने नेता आचार्यले विश्वास दिलाउनुभयो ।

हरेक सुख दुःखमा साथमा रहने भन्दै स्थानीयहरुले नेता आचार्यको प्रशंसा गर्नुभएको थियो ।