अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी र नेकपा एस परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता एमालेमा प्रवेश

माओवादी र नेकपा एस परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता एमालेमा प्रवेश

वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलद्वारा स्वागत


महोत्तरी-महोत्तरी जिल्लामा नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी ६५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।

एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष कौशिलाल यादव, उपसचिव अरुण सिंहसहित जिल्ला कमिटीका नेता र माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यहरुसहित ६५० जनाभन्दा बढी एमालेमा प्रवेश गरेका हुन् ।

उहाँलाई एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेमा प्रवेश गरेकाहरूलाई योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिइने बताउनुभयो ।

‘समृद्धि नेपाल, सुखी नेपाली’ अभियानमा एमालेको नीति, सिद्धान्त र विचारलाई दृढताका साथ अगाडी बढाउन पनि उहाँले नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो।