अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोक सेवा आयोगले माग्यो प्राविधिक र स्वास्थ्यतर्फ  कर्मचारी

लोक सेवा आयोगले माग्यो प्राविधिक र स्वास्थ्यतर्फ  कर्मचारी


काठमाडौँ–लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ स्थायी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । 

शुक्रबार सूचना जारी गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारीका लागि आवेदन मागेको हो ।

आयोगले प्राविधिकतर्फ २१६ जना, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त मागेको छ ।

आयोगका अनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १९ गतेभित्र दरखास्त दिन सक्ने छन् ।