अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उर्लाबारी आगलागीका घाइते भेट्न एमाले अध्यक्ष ओली कीर्तिपुर अस्पतालमा(तस्विर सहित)

उर्लाबारी आगलागीका घाइते भेट्न एमाले अध्यक्ष ओली कीर्तिपुर अस्पतालमा(तस्विर सहित)


काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मोरङको उर्लाबारीका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

शुक्रबार कीर्तिपुर अस्पताल पुगेर अध्यक्ष ओलीले उर्लाबारीमा भएको आगलागीबाट घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

घाइतेहरुलाई भेटेपछि अध्यक्ष ओलीले अस्पतालको प्रशासन तथा चिकित्सकहरुसँग छलफल गर्नुभएको थियो । त्यसक्रममा उहाँले घाइतेहरुको अवस्था र उपचारबारे जानकारी लिनुभएको थियो ।

कात्तिक २६ गते मोरङको उर्लाबारी-७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका ३० भन्दा बढी घाइते भएका थिए । तीमध्ये २५ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।