अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसिर ७ को विरोध प्रदर्शन र मध्यपहाडी यात्राको तयारीका लागि आज एमालेका जनसंगठनहरुको बैठक

मंसिर ७ को विरोध प्रदर्शन र मध्यपहाडी यात्राको तयारीका लागि आज एमालेका जनसंगठनहरुको बैठक


काठमाडौं- नेकपा एमालेले मंसिर ७ गते गर्ने विरोध प्रदर्शन र मध्यपहाडी यात्राको तयारीका लागि आज जनसंगठनका पदाधिकारीहरुको बैठक डाकेको छ ।
पार्टी केन्द्री कार्यालय च्यासलमा दिउसो एक बजे आह्वान गरिएको बैठकमा पार्टीका सबै २३ वटै जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई सहभागी हुन आहवन गरिएको छ ।
जनसंगठन संयन्त्रका इन्चार्ज भानुभक्त ढकालका अनुसार मंसिर ७ गते युवा र विद्यार्थीहरुले विभिन्न पाँचवटा माग राखेर मंसिर ७ गते माइती घर मण्डलामा विरोध प्रदर्शन गर्दैछन् । उक्त कार्यक्तममा व्यापक जनसहभागिता जुटाउने विषयमा छलफल गर्न आजको बैठक डाकिएको हो । आजको अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रम छ ।
युवा संघ नेपाल र अनेरास्ववियुले भ्रष्टाचार र अनियमितताका विरुद्ध,सामाजिक सद्ध्भाव भड्काउने र धार्मिक सहिष्णुता भत्काउने विरुद्ध,राज्यको अकर्मण्यता विरुद्ध,राज्य आतंक् विरुद्ध र सामाजिक अराजकता विरुद्ध आन्दोलन गर्न लागेका हुन् ।
आजको बैठकमा पार्टीले मंसिर १४ गते देखि गर्न लागेको मध्यपहाडी राजमार्गको यात्राको तयारीका सन्दर्भमा विभिन्न जनसंगठनहरुको भूमिकाको विषयमा पनि अध्यक्ष ओलीले निर्देशन दिने कार्यक्रम रहेको छ ।