अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणतन्त्र माथी कसैले धावा बोलेमा एमालेले शसक्त प्रतिवाद गर्छ : अध्यक्ष ओली

गणतन्त्र माथी कसैले धावा बोलेमा एमालेले शसक्त प्रतिवाद गर्छ : अध्यक्ष ओली


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि कसैले धावा बोलेमा एमालेले सशक्त प्रतिवाद गर्ने बताउनुभएको छ ।

पार्टीको जनसंगठन संयन्त्रले शनिवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको विशेष बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोडतोडका साथ अघि बढाए पनि त्यसले काठमाडौंमा फोहोर पार्ने बाहेक अरू कुनै काम गर्न नसक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले देशलाई अफ्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका लागि आफूहरूले पनि मङ्सिर ७ गते युवा÷विद्यार्थीको प्रदर्शन गर्न लागेको बताउनुभयो । उहाँले विरोध प्रदर्शनका क्रममा निषेधित क्षेत्र नतोड्न पनि युवा÷विद्यार्थीहरूलाई निर्देशन दिनुभयो।

अध्यक्ष ओलीले देशमा विद्यमान बेथिति सरकार र सत्तारुढ गठबन्धनका कारण उब्जिएको उल्लेख गर्दै त्यसलाई सच्याउनका लागि आफूहरूले सो प्रदर्शनीको आह्वान गरेको बताउनुभयो ।