अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी

दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी


जनकपुरधामजनकपुरधामको एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ।

कात्तिक २८ गते जनकपुरमा ‘हिन्दू सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईं अतिथि हुनुहुन्यो । उहाँकै निर्देशनअनुसार उक्त गान बजाइएको थियो। 

प्रसाईंले ‘राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको’ भन्दै प्रसाईंविरुद्ध युवा संघ नेपाल धनुषा अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिनुभएको हो । कुनै पनि व्यक्तिलाई संविधान तथा कानून प्रतिकूल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिबाना गर्न माग गरिएको छ।

उजुरीमा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ. को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिबाना गरी पाउँ ।’