काठमाडौं-काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको छ।
कार्यालयले आज एक सूचना जारी गर्दै भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको हो।
बिहीबार भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरेको छ।
सोही प्रदर्शनले उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्रै बाहिर निस्कन अनुरोध गरेको हो। उक्त प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।
यसैगरी, ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०२ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफ.एम.९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ।
सुरक्षा र ट्राफिक व्यवस्थापन गर्ने क्रममा सवारी सधान जुनसुकै ठाउँबाट डाइभर्सन गर्न सकिने पनि ट्राफिक प्रहरीले जनाएको छ।
प्रतिक्रिया