अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जनप्रदर्शनको कार्यक्रम शान्तिपूर्ण ढङ्गले गर्न युवा संघलाई एमालेको निर्देशन

जनप्रदर्शनको कार्यक्रम शान्तिपूर्ण ढङ्गले गर्न युवा संघलाई एमालेको निर्देशन


काठमाडौंनेकपा (एमाले)ले राष्ट्रिय युवा सङ्घलाई बिहीबार शान्तिपूर्ण ढङ्गले प्रदर्शन गर्न निर्देशन दिएको छ। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘जनवर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घले गर्ने विरोध प्रदर्शन भव्य र सभ्य ढङ्गले तीनकुनेमा उपस्थित भएर शालीनतापूर्वक सम्पन्न गर्न एमालेले जिम्मेवारी लिएको छ। राज्यले निषेधित घोषणा गरेको क्षेत्र तोड्न लाग्ने छैनौँ भन्ने पूर्व अडान नै हो, यो पहिले नै सार्वजनिक गरेका छौँ। त्यस्तो गतिविधिलाई पार्टीले कडा कारबाही गर्छ।’

यसैगरी, उहाँले आजको बैठकले मङ्सिर १४ गतेदेखि सुरु हुने पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीय अभियानको विस्तृत कार्ययोजना पास गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मङ्सिर १४ गते तीन हप्तासम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा लिने निर्णय गरेको छ। यो महत्त्वपूर्ण निर्णय हो।’

यसैगरी, जाजरकोट र रुकुमपश्चिम लगायतका भूकम्प प्रभावित क्षेत्रमा आवासविहीनलाई राज्यले उचित ध्यान दिन नसकेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको पनि उहाँले बताउनुभयो।