अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिराहामा दुईवटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु

सिराहामा दुईवटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु


काठमाडौँ–सिराहामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनजना युवकको मृत्यु भएको छ । जिल्लाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजना घाइते भएका हुन् ।  

मृत्यु हुनेहरुमा अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् ।

बुधबार साँझ करिब ७ः१५ बजेको समयमा सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । 

उपचारको लागि प्रादेशिक अस्पताल सिराहामा पुर्‍याउँदा तीनै जनालाई चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले बताएको छ । घाइते १५ वर्षीय युवराजकुमार यादवको विराटनगरमा उपचार हुँदैछ ।