काठमाडौं–सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ।
गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने विभिन्न कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गर्नुभएको हो।
राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो। आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।
सम्मान गरिएका करदाता कम्पनीहरू
सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)
निर्यात कारोबार : डाबर नेपाल प्राली
विषेश उद्योग : यसियन पेन्ट्स
कृषि यवम पशुजन्य : ओबिसी फुड्स प्राली
सहकारी तथा लघुबित्त : छिमेक लघुबित्त
बैङ्क तथा बित्तीय संस्था : ग्लोबल आइएमइ
बिमा : लाइफ इन्स्योरेन्स कर्पोरेशन
स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
पर्यटन : मनोकामना दर्शन प्रल्ली
बस्तु व्यापार : भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता : नेपाल स्टक यक्सचेन्ज
ऊर्जा : भोटेकोसी पावर कम्पनी
रेमिटेन्स : आइएमइ लिमिटेड
व्यक्ति आय : विजयकुमार शाह
आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि







प्रतिक्रिया