अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदूरपश्चिमद्वारा मध्यपहाडी यात्राको तयारी तिव्र, विकासका सम्भावनाबारे छलफल गर्ने

एमाले सुदूरपश्चिमद्वारा मध्यपहाडी यात्राको तयारी तिव्र, विकासका सम्भावनाबारे छलफल गर्ने

१४ गते साढे ८ बजे अध्यक्ष ओलीले झुलाघाटमा उद्घाटन गर्ने


काठमाडौँ–नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले मध्यपहाडी लोकमार्ग यात्राको तयारी थालेको छ । एमालेले यही मंसिर १४ गतेदेखि  सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ बैतडीको झुलाघाटबाट सुरु गर्दै छ । 

सो यात्राका लागि एमाले सुदूरपश्चिमले तयारी थालेको हो । सुदूरपश्चिमका बैतडी, डडेल्धुरा, डोटी र अछाम मध्यपहाडी लोकमार्गमा पर्दछन् । यो यात्रा सफल पार्न सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशका ९ जिल्ला कमिटीको बैठक सकेको छ । जिल्लाको बैठकमा प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी र सचिव रणबहादुर चन्द पनि सहभागी हुनुभएको थियो । बैठकमा उहाँहरुले यात्रा सफल पार्न तयारी गर्न जिल्ला कमिटीलाई निर्देशन दिनुभएको छ । यात्रामा जना सभा, कोणसभाको आयोजना गर्ने प्रदेश कमिटीको तयारी छ । यस्तै ठाउँ ठाउँमा सर्वसाधारणसँग भेटघाट, छलफल गर्ने प्रदेश कमिटी सचिव चन्दले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘यो अभियानको एमाले आयोजक हो । यसमा समाजका अन्य प्रतिष्ठित व्यक्तिहरु, किसान, शिक्षक, विद्यार्थी अन्य क्षत्रका मान्छेहरुलाई पनि त्यहाँका विकासका सम्भावना र चुनौतीका बारेमा छलफल, बहस गर्छौँ । पार्टी केन्द्रीय नेतृत्व तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आउने टोलीसँग आम जनता र नेतृत्वबिच संवाद गराउने, समाजका प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट गराउने तयारी गरेका छौँ ।’ 

मध्यपहाडी लोकमार्गको अभियानका क्रममा अन्य पार्टीबाट आउने व्यक्तिलाई एमालेमा प्रवेश गराउने सचिव चन्दले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, ‘अभियानमा यहाँको पर्यटनका विषयमा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारका विषयमा छलफल हुन्छ । यहाँको विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा संवाद हुन्छ । पछिल्ला समयमा बसाइसराइ भइरहेको छ, यसलाई कसरी रोक्न सकिन्छ, विकासको सम्भावनालाई कसरी अगाडि बढाउन सकिन्छ, पहाडको समृद्धि बिना देशको समग्र विकास हुन सक्दैन । त्यसैले पहाडको विकासलाई जोड दिन्छाँै र आम जनताको भावना के छ, बुझाइ के छ त्यो पनि नेतृत्वले सुन्ने र आदानप्रदान गर्ने हुन्छ ।’ 

अभियानको १४ गते साढे ८ बजे अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा उद्घाटन गर्नुहुनेछ । त्यसपछि अध्यक्ष ओली त्रिपुरासुन्दरी मन्दीर जानुहुने सचिव चन्दले जानकारी दिनुभयो । यस्तै अध्यक्ष ओली सहिद दशरथ चन्दको घरमा गएर उहाँको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि गोठालापानीमा आमसभाको आयोजना गर्ने सचिव चन्दले जानकारी दिनुभयो । मंसिर १४ गते साँझ डडेल्धुरामा बास बसेर १५ गते बिहान कार्यक्रम गरी सोही दिन डोटी जाने सचिव चन्दले जानकारी दिनुभयो ।