अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चेतना नभएका मुर्खहरु नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेका छन्: अध्यक्ष ओली

चेतना नभएका मुर्खहरु नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेका छन्: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्काउँछु भन्नेहरू चेतना नभएका मुर्खहरू भएको टिप्पणी गर्नुभएको छ।

पार्टी कार्यालय च्यासलमा  आज  युवा संघ नेपालको बैठकलाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रेतका नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र नफर्किने बताउनुभयो।

 ‘केही तत्वहरू १५ वर्षअघि फालिसकेको, हेर्दा हेर्दा वाक्क दिक्क भएर जनताले पाल्न नसकिने रहेछ। काम लाग्ने चिजै रहनेछ भन्दै फालेको राजतन्त्र फर्काउने कुरा गर्दैछन्,’ उहाँले भन्नुभयाे, ‘चेतना नै नभएका मान्छेहरूले राजतन्त्रको कुरा गर्छन्। नागरिक सर्वोच्चता स्वीकार गर्न नसक्ने, देशभरिका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने त्यो चेतना मूर्खता हो।’

मरेको प्रेतका पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्नु मुर्खता सिवाय केही नभएको उहाँले बताउनुभयाे।