अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीकाे टिप्पणी: हिजो बल्खुमा ३-४ हजार मान्छे जम्मा हुँदा सरकार थर्कमान

अध्यक्ष ओलीकाे टिप्पणी: हिजो बल्खुमा ३-४ हजार मान्छे जम्मा हुँदा सरकार थर्कमान


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले बल्खुमा तीन-चार हजार मान्छे ल्याउँदा सरकार थर्कमान भएको भन्दै ब्यंग्य गर्नुभएको छ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन भए पनि सरकारको जग नभएको बताउनु भयो।

दुर्गा प्रसाईंको आन्दोलनबाट सरकार थर्कमान भएको पनि अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘हिजो बल्खुमा कहाँ हिँडेका हुन् थाहा छैन, के माग हो, के नारा हो केही थाहा छैन । तीन–चार हजार मानिस के जम्मा भएका थिए, यो सरकार त्यत्तिकैमा थर्कमान छ, किन भने यसको जगै छैन, एउटा किलो गाडेको छ भने हल्लिँदैन, तेस्रो पारेको छ भने अलिअलि हावा चल्दा पनि ढलमलाउँछ, गठबन्धन छ जरा छैन।’

दुर्गा प्रसाईंलाई देशलाई माया नगर्ने बिकाउ माल र धतंगाकाे संज्ञा दिँदै अध्यक्ष ओलीले साइकलकाे मूल्यसँग सार्वभाैमसत्ताका कुरा गर्नेहरु देशप्रेमी हुनै नसक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे,  ‘एउटा धतंगाले नेपाललाई उता गाभ्याे भने साइकल सस्ताे पाइन्छ, साग सस्ताे पाइन्छ भनेछ, देशकाे माया नगर्ने बिकाउ मालहरुले यस्ताे भन्छन्, साइकलकाे मूल्यसँग सार्वभाैमसत्ता साट्ने कुरा गर्छन्।’

राजतन्त्र ब्युँताउने सपना नदेख्न पनि अध्यक्ष ओलीले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ’कोहीकोही तत्व १५ वर्षअघि फालिसकेको राजतन्त्र फर्काउँछौं भन्दैछन्, मलाई लाग्छ, चेतनै नभएका मुर्खहरुले राजतन्त्र मान्छन्, जन्मिँदै राजा हुने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुन्छ भन्नु मुर्खता हो, राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले फालिदिएका हुन् ।’