अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिक्रियावादीहरूसँग भिड्न तयार रहन युवा संघलाई अध्यक्ष ओलीको निर्देशन

प्रतिक्रियावादीहरूसँग भिड्न तयार रहन युवा संघलाई अध्यक्ष ओलीको निर्देशन


काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र काम लाग्दैन भनेर नै नेपाली जनताले फालेको बताउनु भएको छ। 

शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा राष्ट्रिय युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजतन्त्र काम लाग्दैन भनेर नेपाली जनताले १७ वर्षअघि नै फालेकाले त्यो पुन: फर्किन्छ भनेर मुर्खहरुले मात्रै भन्दै आएको बताउनु भयाे।

यो देशमा २० सम्म एउटा बाटो नबन्नुको कारण के भनेर प्रश्न गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २४० वर्ष राजतन्त्र हुँदा विकास हुनै नसक्नुको कारण खोज्नुपर्ने बताउनु भयो। 

अध्यक्ष ओलीले एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्नेहरुमा चेतना नभएको भन्दै राजतन्त्र भन्नेहरु मूर्ख भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले बिहीबार युवासंघले गणतन्त्रमाथि प्रहार गर्नेविरुद्ध गरेको प्रतिकारको सरहना गर्दै प्रतिक्रियावादीहरुले कहाँ भेट्ने भन्छन् सोही ठाउँमा भिडन्तका लागि तयार रहनुपर्ने बताउनु भयो। 

‘जतिसुकै बेला परिवर्तनका लागि विशाल आन्दोलन गर्नुपर्ने हुन सक्दछ। त्यसका लागि युवासंघ तयार हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसकारण युवासंघ र युथफोर्सले आफूलाई तयार राख्नुपर्छ। रुन्चे कुरा गर्नुहुँदैन। ठाउँ तोकेर, समय तोकेर युवासंघ तयार छ भिड्नलाई।’