काठमाडौं-विभागीय टोली एपीएफलाई पराजित गर्दै गण्डकी प्रदेशले पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
शुक्रबार भएको समूह-बी को खेलमा एपीएफलाई ४ विकेटले पराजित गर्दै गण्डकीले पहिलो जित दर्ता गरेको हो।
एपीएफले दिएको १०२ रनको लक्ष्य गण्डकीले २ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो।
गण्डकीको जितमा मुस्कान थापाले २५ र दिनेश बुढामगरले २४ रन बनाए। गौरव विक र अविशेक थापाले समान ११ रन बनाए। किरण पौडेलले ७ र अमृत गुरुङले ६ रन थपे।
एपीएफका लागि अविनास बोहोराले २ विकेट लिए। इर्साद अहमद, अमर राउटेला र अरुण ऐरीले समान १ विकेट लिए।
त्यसअघि पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानमा गण्डकी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफ १८.४ ओभरमा १ सय १ रन बनाउँदा अलआउट भयो।
कप्तान प्रदिप ऐरीले बनाएको २० रन नै एपीएफका लागि सर्वाधिक रह्यो।
सुमित महर्जन र भुवन कार्कीले समान १४ रन बनाए। लोकेश बम र आशिफ शेखले समान १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
एपीएफलाई सस्तैमा रोक्न विपिन कार्की, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले समान २ विकेट लिए।
दिनेश बुढामगर र सुदिप अर्यालले समानले समान एक विकेट आफ्नो नाममा गरे।
प्रतिक्रिया