अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकलाई समृद्ध बनाउन महिलालाई नेतृत्वमा लैजानुपर्छ: अष्टलक्ष्मी शाक्य

मुलुकलाई समृद्ध बनाउन महिलालाई नेतृत्वमा लैजानुपर्छ: अष्टलक्ष्मी शाक्य


काठमाडौँ-नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुलुकलाई समृद्धिको बाटोमा लैजाने कामका लागि महिलालाई नेतृत्वदायी भूमिकामा पुर्‍याउनुपर्ने बताउनु भएको छ।

उपाध्यक्ष शाक्यले सामन्तवादी सोचको अवशेषको रूपमा रहेको पितृसत्तात्मक सोच अन्त्य गर्न वैचारिक संघर्षलाई तीव्रता दिनुपर्नेमा पनि जोड दिनुभयो।​ 

ललितपुरमा आयोजित ‘राजनीतिको महिलाकरण’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले समाजवादमा जाने लक्ष्य किटान गरेकाले सबै राजनीतिक दलहरुले संविधानको कार्यान्वयनमा जोड दिएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो।  

उपाध्यक्ष शाक्यले संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दल नमिली सुखै नभएको पनि बताउनुभयो।

उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘राजतन्त्र हटाएर संघीयतासहितको गणतन्त्र ल्यायौं। अहिले संविधानले समाजवादीको लक्ष्य बोकेको छ। उपलब्धिहरु धेरै भएका छन्। अहिले हाम्रो काम भनेको आन्दोलनबाट उपलब्धि भएको छ। त्यो उपलब्धिलाई रक्षा गर्ने मात्रै होइन, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने हाम्रो दायित्व हो। हामी सबै दलहरुको हो। त्यो नगरी सुखै छै । यसो भएको हुनाले बलिदानबाट ल्याएको संविधान, बलिदानबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने, बचाउने र यसलाई संस्थागत गर्ने तथा समृद्ध नेपाल निर्माण गर्ने हाम्रो महत्वपूर्ण दायित्व हो। समाजवादमा पुग्ने हाम्रो लक्ष्य हो। त्यसो भएको हुनाले हामी दलहरु नमिली सुखै छैन, मिलेर यसको प्रभावकारी कार्यान्वयन नगरी सुखै छैन।’