अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी यात्रामा निस्कने एमाले नेताहरुले १५ बुँदे आचासंहिता पालना गर्नुपर्ने

मध्यपहाडी यात्रामा निस्कने एमाले नेताहरुले १५ बुँदे आचासंहिता पालना गर्नुपर्ने


काठमाडौं- नेकपा एमालेले मंसिर १४ गतेबाट गर्ने मध्यपहाडी यात्रामा अध्यक्ष केपी शर्मा ओली बाहेकका नेताहरुले निजी सुरक्षा गार्ड प्रयोग गर्न नपाउने भएका छन् । कार्यकर्ता र जनताको बीचमा यात्रा गरिने भएकोले नेताहरुलाई असुरक्षाका अनुभुती नहुने र व्यवस्थापनको बोझ समेत घट्ने भएकोले निजी सुरक्षाकर्मी यात्रामा लैजाने नपाउने विधी बनाइएको छ ।
मंसिर ६ गतेको केन्द्रीय कमिटीम केन्द्रीय कार्यालयबाट पेश गरिएको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको अवधारणामा व्यवस्थापनका विविध विधीहरु पास गरिएको छ । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार नेताहरुका सवारी साधनका अतिरिक्त चारवटा विशेष टिमहरु यात्रामा तय गरिएको छ । जसमा एम्बूलेन्स सहितको मेडिकल टिम,टायर पञ्चर लगायत सवारी साधनमा आउने मेकानिकल समस्या समाधान गर्ने प्राविधिक टिम साथमै हुनेछ । यसैगरी प्रचारको टिम र न्यूनतम २० जना दक्ष स्वयंसेवकका लागि चारवटा गाडीहरु हुनेछन् । लामो यात्रा,कतिपय ठाउँमा साँघुरो बाटो भएको र कोही बिरामी भइहालेको खण्डमा आफैंसँग एम्बूलेन्स हुँदा बिरामीलाई उपचारका लागि लैजान सहज होस भनेर यसो गरिएको एमालेले जनाएको छ । यसैगरी यात्रामा रहेका धेरै गाडीहरु हुने र बीच्मा कुनै गाडीमा समस्या आएका स्थानी मेकानिक्सलाई बोलाउन समय लाग्ने भएकोले आफ्नो टिममा नै आफैंसँग मेकानिक्स टिम सहभागी गराइने प्रमुख गौतमले जानकारी दिनुभयो ।
यात्राका क्रममा केन्द्रीय टोलीमा संलग्न नेताहरुले सवारी साधनको इन्धनको प्रवन्ध आफैंले गर्नुपर्ने भएको छ । यसैगरी यात्रामा निस्कने नेताहरुले आफूले नियमित सेवन गर्ने औषधी,न्याना कपडा,स्लिपिङ ब्याग,ड्राई फुड,मोवाइल चार्जर र आफूलाई आवश्यक पर्ने रकम पनि बोकेर हिड्नु पर्नेछ ।
प्रमुख गौतमका अनुसार यात्राका क्रममा स्थानीयहरुसँगका छोटा भेटघाटमा,गुनासो सुनुवाई गर्ने क्रममा अध्यक्ष ओली,सुरक्षाकर्मी र केही स्वयंसेवक बाहेक अरु नेता तथा कार्यकर्ताहरु गाडीबट ओर्लन नपाइने भएको छ । नेतृत्वले जनतासँग गर्ने संवादमा अवरोध पुर्याउने नपाइने,औपचारिक कार्यक्रममा पनि तोकिएका नेता बाहेक हरुले मञ्चमा भिडभाड गर्न नपाउने विधी तय गरिएको छ । यात्राका क्रममा खानपनि ,बोलिचाली, र आचरणमा मर्यादा कायम गर्नुपर्ने,स्थानीय भाषा,संस्कृति,परम्परा र चालचलनको सम्मान गर्नुपर्ने विधी बनाइएको छ ।
पार्टी केन्द्रीय कमिटीमा वितरित अवधारणा पत्रमा उल्लेख भए अनुसार यात्रामा जानेहरुले जनताको दुःखसुखमा सहभागी हुने र स्थानीय कमिटीले गरेको व्यवस्थापन अनुरुप चल्नुपर्ने छ । यात्राको समग्र वश्तस्थिीको टिपोट गर्नुपर्ने र फोटो खिच्न उछिनापाछिन गर्न नपाइने,प्रोटोकलको पालना गर्नुपर्ने विधी केन्द्रीय कमिटीले पास गरेको छ ।
प्रमुख गौतमका अनुसार यात्रालाई अनुशासित,मर्यादित,मितव्ययी र प्रभावकारी बनाउन यात्रामा सहभागी सबै नेताहरुलाई लागु हुने गरी यो विधी केन्द्रीय कमिटीबाट पास गरिएको हो ।

एमालेले स्थानीयबासीहरुसँग संवाद गर्न ,मध्यहाडका समस्या सुन्न र समाधानको पहल गर्न मंसिर १४ गते २१ दिन लामो मध्यपहाडी यात्रा गर्दैछ । वैतडीको झुलाघाटबाट सुरु हुने यात्रा पाँचरको चिवाभञ्ज्याङमा पुष २ गते समापन हुदैछ ।