अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशलाई अस्थिरताको दुष्चक्रमा फसाउने कोशिस भइरहेको छ: अध्यक्ष ओली

देशलाई अस्थिरताको दुष्चक्रमा फसाउने कोशिस भइरहेको छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध अहिले विभिन्नखाले षडयन्त्र सुरु भएकाले सचेत रहन नेपाली जनतालाई आग्रह गर्नुभएको छ।

शनिबार काठमाडौँमा नेपाल सम्वतका अवसरमा गरिएको कार्यक्रममा उहाँले सरकारले नराम्रो काम गर्दैमा गणतन्त्र खराब नहुने र ढुङ्गे युगतिर फर्किन नसकिने उल्लेख गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘जनताभन्दा एउटा व्यक्ति ठूलो हुने कुरा, एउटा परिवार हुने कुरा अबको सचेत जनताले स्विर्कान सक्दैन। अबको नयाँ पिँडीहरूले यस्ता कुरा स्विर्कान सक्दैन। हामीले बलिदान दिएर ल्याएका उपलब्धिको रक्षा गर्नुपर्दछ।’

अध्यक्ष ओलीले आफू ५८ वर्षदेखि देशका लागि जेलनेल यातना सहेको मान्छे भएको हुनाले आफू एमालेको नेता मात्र नभई देशकै मान्छे भएको दाबी गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, ‘माओसेत्सुङ चीनको एउटा पार्टीको नेता हुन कि सिङ्गै चीनको नेता हुन ? जवहरलाल नेहरु वा मोदी तिनका पार्टीका नेता हुन कि सिंगो भारतको हुन ? त्यसकारण हामीले यो भ्रम राख्नु हुँदैन।’

उहाँले एमाले मात्रै सुखी नेपाली र समृद्ध नेपाल बनाउने नेपालको एकमात्र पार्टी भएको दाबी गर्नुभयो।

अध्यक्ष ओलीले देशलाई अस्थिरतामा फसाउने दुष्चक्रमा फसाउने कोशिस भइरहेको पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘हाम्रा जनतालाई पहिचानका नाममा, जातका नाममा अनेक नाममा विभाजित गर्ने काम भइरहेको छ। झगडा लगाउने प्रयास भइरहेको छ। द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ। केही समय अघि हिन्दु र मुसलमानका बिचमा लडाई लडाउने प्रयास भयो। त्यसमा असफल भए। त्यसपछि अरू असान्दर्भिक कुरा ल्याएर जनतालाई अलमल्याउने काम भइरहेको छ।’

अहिलेको सरकारले काम गर्न नसकेको बताउँदै उहाँले देशलाई र राजनीतिलाई अराजकतातिर लगेको बताउँदै सरकारले अराजकतालाई नियन्त्रण नगरी प्रोत्साहित गर्ने काम गरेको पनि दाबी गर्नुभयो।

अध्यक्ष ओलीले नेपालको सीमा रक्षाका लागि नेपाली जनतालाई लिएर एमाले लड्न तयार रहेको पनि उल्लेख गर्नुभयो।