अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारका कारण देशमा अराजकता बढ्यो: अध्यक्ष ओली

गठबन्धन सरकारका कारण देशमा अराजकता बढ्यो: अध्यक्ष ओली

हेर्नुहोस् तस्वीरहरू


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण देशमा अराजकता बढेको बताउनुभएको छ।

नेपाल संवत् ११४४ को अवसरमा एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार वसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले राम्रो काम गर्न नसकेकाले देशमा अराजकता बढेको बताउनुभयो।

अध्यक्ष ओलीले अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढावा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको बताउनुभयो।

अध्यक्ष ओलीले लोकतन्त्र र गणतन्त्र कहिल्यै खराब हुन नसक्ने प्रष्ट पार्नुभयाे। देशमा राजतन्त्रको कल्पना गर्न नसकिने र अब ढुंगे युगतिर फर्किन नसक्ने भन्दै अध्यक्ष ओलीले जन्मिँदै कोही राजा बन्ने कुरा जनतालाई स्वीकार्य नहुने बताउनुभयाे।

गल्ती गर्नेहरू खराव भएपनि लोकतन्त्र र गणतन्त्र खराब हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको रक्षाका लागि आफूहरूले जस्तासुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताउनु भयो।

‘अहिलेको सरकारले राम्रो काम गर्न सकेको छैन। राजनीति अस्थिर बनाएको छ। राजनीति अराजक बनाएको छ। अराजकतालाई नियन्त्रण गर्ने होइन, प्रोत्साहित गरिराखेको छ। समाजमा सुशासन छैन। गुण्डाहरूलाई कारबाही गर्ने, गिरफ्तार गर्ने होइन। गुण्डालाई प्रहरीले गिरफ्तार ग¥यो भने सरकारले छोडन लगाउँछ, राष्ट्रपतिले माफी दिन्छन् गुण्डाहरू छानीछानी। यो सुशासन भएन,’ उहाँले भन्नुभभयो, ‘अर्थतन्त्र ध्वस्त बनाएको छ। तस्करी बढेको बढ्यै छ। ३५ क्वीन्टल सुन त अस्तीनै आएको हामीले देख्यौं। जसमध्ये १ क्विन्टल पक्राउ प¥यो। अहिले ६० केजीमा झरेको छ। साढे नौं केजी सुन पक्राउ पर्‍यो। अहिले त्यो २ केजी मात्रै छ। यो कुशासनको चर्चा गरी साध्य छैन। तर यसको अर्थ लोकतन्त्र खराव भन्ने हुन सक्दैन। गणतन्त्र खराब भन्ने हुन सक्दैन। यसको अर्थ जसले गल्ती गरेको छ, त्यो खराब होला। त्यसबाट हामी ढुंगे युगतिर फर्कन सक्दैनौं।’

तस्वीरहरु