अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लोक सेवामा नाम निस्किएर पनि नियुक्ति लिन नआएपछि सडक विभागले निकाल्यो सूचना

लोक सेवामा नाम निस्किएर पनि नियुक्ति लिन नआएपछि सडक विभागले निकाल्यो सूचना


काठमाडौँ–सडक विभागले लोकसेवा आयोगको लिखित र मौखिक परीक्षाबाट छनौट भएर पनि स्थायी नियुक्ति लिन नआएकालाई तत्काल नियुक्ति लिन आउन आग्रह गरेको छ । विभागले आज सूचना जारी गर्दै म्यादभित्र आफ्नो नियुक्ति लिन आउन आग्रह गरेको हो । 

सूचनामा भनिएको छ,’गत कात्तिक २१ गतेको निर्णयअनुसार निजामती सेवा नियमावली, २०५० को नियम १६ बमोजिम स्थायी नियुक्ति लिन नआएका  व्यक्तिहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम १९ बमोजिम निरोगिताको प्रमाणपत्र पेस गरी नियुक्ति लिन आउनु हुन यो सूचना प्रकाशन गरिएको छ। उक्त म्यादभित्र आफ्नो नियुक्ति लिन नआएमा उपरोक्त नियमावलीको नियम १६ बमोजिम वैकल्पिक उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति गरिने ब्यहोरासमेत जानकारी गराइन्छ ।’

विभिन्न पदमा नाम निकालेका ९ जना नियुक्ति लिन नआएपछि विभागले सूचना जारी गरेको हो ।