अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार विदेशीहरूको मात्रै कम्फरटेबल छ : महासचिव पोखरेल

वर्तमान सरकार विदेशीहरूको मात्रै कम्फरटेबल छ : महासचिव पोखरेल


मुगु-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको वर्तमान सरकार जनताको हितमा नभई बेदेशीहरुको लागि मात्रै कम्फरटेबल भएको बताउनुभएको छ । 

एमाले मुगु जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न सदरमुकाम गमगढी पुग्नुभएका महासचिव पोखरेलले प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकार विदेशी प्रतिक्रियावादी, दलाल पूँजीपतिहरुलाई मात्रै कम्फरटेबल भएको ठोकुवा गर्नु भएको हो । 

‘प्रचण्डले भारत भ्रमण जाँदा नेपालको हितमा हुने सम्झौता गरेर आउन्, चुच्चे नक्साको बारे बोलुन् भन्ने हाम्रो (नेकपा एमाले)ले सल्लाह सुझाव दिएको थियो । प्रधानमन्त्री प्रचण्डले नक्साको कुरा उठाउँदा भारत नेपालसँग रिसाउँछ भनेर कुरै उठाएन । राष्ट्रिय पोषाकममा भारत भ्रमणमा गएका प्रचण्ड राष्ट्रिय पोशाक झिकेर गेरुवस्त्र धारण गरी एक सय ८ किलोग्राम रुद्राक्ष चढाए’, महासचिव पोखरेलले थप्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला नेपालको हितमा हुने कुनैपनि काम गरेनन् । मात्र भारतलाई रिझाउने धाउन्यमै आप्mनो भ्रमण केन्द्रित गर्दै उपलब्धिका रुपमा १५ वटा मुर्रा राँगा ल्याएर फर्किए ।’

नेपालको राष्ट्रिय राजनीतिमा नेपाली काँग्रेस लामो ईतिहाँस बोकेको दल भएपनि अहिले दुई वर्षमा प्रधानमन्त्री नेतृत्वका लागि माओवादीको पुच्छर समाउँदै साना दलहरुसँग घुँडा टेक्नु पर्दा आप्mनो विगतको विरासत बिर्सिएको उहाँले आरोप लगाउनुभयो । 

वर्तमान सरकारको चालामाला ठिक नभएकोले गठबन्धनको नाममा नेपालका अदालत, अदालत जस्ता नभएको उहाँले बताउनुभयो ।  व्यवस्थापिका व्यवस्थापिका जस्तो नरहेको महसुस आम नेपालीले गर्दै वर्तमान प्रचण्ड नेतृत्वको सरकारबाट कुनै नागरिकले भरोसा नगरेको भनाई उहाँको थियो । 

‘झण्डै अढाई सय वर्ष राज गरेको राज संस्था नेपालको लागि कुनै नयाँ व्यवस्था होइन । राज संस्था फर्काउन भन्दै अहिले देशमा केही राजावादीहरूले नौटंकी पारामा सल्बलाउन खोजेका छन् । तर देशमा राज संस्था फर्काउने कुनै सम्भावना छैन । हाल देशको बिग्रँदो अर्थतन्त्र, बढ्दो महँगीको मुख्य कारक वर्तमान सत्ता गठबन्धन नै हो । माओवादी नेतृत्वको सरकारकै कारण नेपाल दक्षिण एसियाकै सबैभन्दा गरिब मुलुक बन्न पुगेको छ । देश बिगार्ने कामको नेतृत्व अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नै गरिरहेका छन्,’ महासचिव पोखरेलले भन्नुभयो । 

एमाले मुगु जिल्लाको अधिवेशनमा सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्धय यमलाल कँडेल, गोरख बोगटी, कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलगायतका नेताहरुले आप्mनो मन्तव्य राख्नु भएकाे थियाे ।