अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेम संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन

अनेम संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन


काठमाडौँ–नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ  मकवानपुरको नयाँ कार्यसमिति चयन भएको छ । हिजो  हेटौँडामा भएको अनेम संघ मकवानपुरको जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । 

अनेम संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन हुनुभएको छ । 

कमिटीको उपाध्यक्षमा यशोदा उप्रेती र मनिला विष्ट चयन हुनुभएको छ भने सचिवमा सुशिला मल्ल, उपसचिवमा ईन्दिरा तामाङ र कोषाध्यक्षमा सचिता भट्टराई चयन हुनुभएको छ ।

अधिवेशनले ५५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।