अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको सन्देश : जनतामा बढेको अन्योल र निराशा हटाउन एमालेको समृद्धि यात्रा (भिडियोसहित)

अध्यक्ष ओलीको सन्देश : जनतामा बढेको अन्योल र निराशा हटाउन एमालेको समृद्धि यात्रा (भिडियोसहित)


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा बढ्दै गइरहेको बताउनुभएको छ । सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै उहाँले जनतामा अन्योल र निराशा बढ्दै गएपछि एमालेले मध्यपहाडी लोकमार्ग यात्रा गर्न लागेको बताउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभएको छ, ‘युवाहरु पलायन भइरहेका छन्, सरकार व्यवहारमा सफल देखिन सकेन, देश समस्याग्रस्त हुँदै गएको छ । यसको कारण के–हो र यसको समाधान कसरी निस्किन्छ ? यसका बारेमा प्रत्यक्षरुपमा संवाद गर्न हामी यही मंसिर १४ गते बिहान महाकाली किनार झुलाघाटबाट चिवा भञ्ज्याङ पूर्वको सिमानासम्मको यात्रा गरिरहेका छौँ । मैले विश्वास लिएको छु । यो यात्रा समृद्धि यात्रा सार्थक र सफल रहने छ ।’ 

एमालेले यही मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गको समृद्धि यात्रा गर्दैछ ।