अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मध्यपहाडी लोकमार्ग यात्रा सफल पार्न एमाले कालिकोटको तयारी तीव्र  

मध्यपहाडी लोकमार्ग यात्रा सफल पार्न एमाले कालिकोटको तयारी तीव्र  


काठमाडौँ–मध्यपहाडी लोकमार्ग यात्रा सफल पार्न नेकपा एमाले  कालिकोट जिल्ला कमिटीले तीव्र तयारी थालेको छ । यही मंसिर १४ गतेदेखि हुने झुलाघाट, चिवाभञ्ज्याङ : समृद्धिका लागि संकल्प यात्रालाई सफल पार्न एमाले जिल्ला कमिटी कालिकोटले तयारी बैठक गरेको हो ।

जिल्लामा हुने १७ गतेको आमसभाकाका लागि जिल्ला कमिटीले पालिकाको बैठक सम्पन्न गरेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका केन्द्रीय नेताहरू उपस्थितमा हुने उक्त भेलामा कालिकोट जिल्लाको व्यापक सहभागिता गराउन सबै पालिकाको बैठक बस्ने र मास परिचालन कमिटी गठन गर्ने निर्णय भएको छ । 

यस्तै बैठकले आमसभा सफल पार्न नेता तथा कार्यकर्ताको कार्य विभाजन पनि गरेको छ । बैठकमा केन्द्रीय सदस्य नगिन्द्र शाही, नमराज रावतलगायतको उपस्थित रहेको थियो ।