अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको पदयात्राले समृद्धिको थप आधार तय हुन्छ : राजेन्द्र गौतम 

झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको पदयात्राले समृद्धिको थप आधार तय हुन्छ : राजेन्द्र गौतम 


काठमाडौँ–नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको पदयात्राले मुलुकमा समृद्धिको थप आधार तय हुने बताउनु भएको छ । 

कैलालीको धनगढीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विकास र समृद्धिको लागि पार्टीले मध्यपहाडी लोकमार्गको पदयात्रा गर्न लागेको जानकारी दिनुभयो । 

तीन सातासम्म जारी रहने पदयात्रामा मध्यपहाडी राजमार्ग क्षेत्रमा अवस्थित विभिन्न ठाउँमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाबारे छलफल र अन्तरक्रिया गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,  ‘राष्ट्रिय अभियान हो । १० वटा नयाँ सहरले पहाडी क्षेत्रको समृद्धि तय गर्ने छ । यो अभियानमा हामी युवा विद्यार्थी, प्राज्ञिक व्यक्तित्व, उद्योगी व्यवसायी, किसानहरूसँग गर्छौ र समृद्धिका अन्य पाटाहरू पनि पहिचान गर्छौ ।’ 

आगामी १४ गते बैतडीको झुलाघाटमा एमाले अध्यक्ष केपी शर्माले उक्त पदयात्राको उद्घाटन गर्नुहुनेछ ।