अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी लोकमार्ग यात्रालाई प्रभावकारी बनाउन एमाले कोशीको तीव्र तयारी

मध्यपहाडी लोकमार्ग यात्रालाई प्रभावकारी बनाउन एमाले कोशीको तीव्र तयारी


काठमाडौँ–मध्यपहाडी लोकमार्गको यात्रा सफल पार्न नेकपा एमाले कोशी प्रदेशले तयारी तीव्र बनाएको छ । यही मंसिर १४ गतेदेखि हुने 

बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको अभियान सफल बनाउन एमाले कोशीले तयारी तीव्र बनाएको हो ।  

मध्यपहाडी लोकमार्गको अभियान टोलीलाई मंसिर २६ गते स्वागतसहित उदयपुरको घुर्मीमा जनसभा हुनेछ । त्यस्तै  २८ गते तेह्रथुमको वसन्तपुर र ३० गते पाँथरको फिदिममा विशाल जनसहभागिता हुने एमाले कोशीले जनाएको छ ।  

घुर्मी, वसन्तपुर र फिदिममा हुने तीनवटै सभा र जनपरिचालनको व्यवस्थापन कोशी प्रदेश कमिटी र सबै जिल्ला कमिटीले गर्ने एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, पहाड जैविक विविधताको हिसाबले समृद्ध छ । जलस्रोतको प्रचुर सम्भावना छ । फलफूल तरकारी र जडीबुटीजन्य कृषिको भण्डार रहेको छ र पहाड सामाजिक सांस्कृतिक विविधतायुक्त जातीय सद्भावयुक्त रहेको छ भन्ने विषयलाई यो अभियानले थप बलशाली र संस्थागत गर्नेछ ।   

कोशी प्रदेशभित्र हुने आमसभाहरुमा न्यूनतम २५ हजार जनसहभागी रहने एमाले कोशी प्रदेश सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम थापाले जानकारी दिनुभयो ।