काठमाडौं-दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद ‘धर्मगुरु’ आचार्य श्रीनिवास पक्राउ परेका छन् । मेडिकल व्यवासायी समेत रहेका प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन पुगेका श्रीनिवासलाई प्रहरीले गौशालाबाट पक्राउ गरेको हो।
‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’नाम दिइएको प्रसाईं नेतृत्वको सो अभियानले सोमबार गौशालामा प्रदर्शन गरेको थियो।
प्रदर्शनको क्रममा केहीबेर प्रहरी र प्रसाईं समर्थकबीच झडप समेत भएको थियो। सो क्रममा प्रहरीले श्रीनिवाससहित अन्य १० जना पक्राउ परेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।
यसअघि उहाँ धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिएको आरोपमा गत असोज १६ गते पक्राउ परेका थिए।
सुनसरीबाट प्रकाउ परेका उहाँलाई प्रहरीले दुई दिनपछि ५ सय धरौटीमा रिहा गरेको थियो।
प्रतिक्रिया