अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेसका पुराना नेता शर्माको निधन

काँग्रेसका पुराना नेता शर्माको निधन


झापा- लोकतान्त्रिक आन्दोलनका पुराना नेता तथा नेपाली काँग्रेसका नेता पूर्णानन्द शर्मा दाहालको आज निधन भएको छ ।
८८ वर्षको उमेरमा आज उहाँको निवास कमल गाउँपालिका -५ मा निधन भएको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला नेउपानेले जानकारी दिनुभयो । फोक्सोमा समस्याले लामो समय देखि आक्रान्त हुनु भएका शर्माको आज केहीबेर अघि निधन भएको हो । शर्मा नेपाली काँग्रेस झापाका पूर्व सभापति हुनुहुन्थ्यो ।

०४८ सालको आम निर्वाचनमा झापा ६ बाट उम्मेद्वार हुनुहुन्थ्यो । उहाँ मंगलमय माविको व्यवस्थपन समितीको पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो ।