अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपमहासचिव ज्ञवाली र सीपीसी विदेश विभाग उपमन्त्री सुनबीच भेटवार्ता

एमाले उपमहासचिव ज्ञवाली र सीपीसी विदेश विभाग उपमन्त्री सुनबीच भेटवार्ता


बेइजिङ-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ।

उपमहासचिव ज्ञवालीसँगै चीनमा रहेका एमाले केन्द्रीय सदस्य बिष्णु रिजालका अनुसार भेटका अवसरमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण, हार्दिक र लामो सम्बन्धका विविध पाटोका बारेमा कुराकानी भएको थियो।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुई देशबीच अत्यन्त महत्वपूर्ण सम्झौताहरू भएको स्मरण गर्दै उपमन्त्री सुनले तिनको सफल कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो।

एमाले उपमहासचिव ज्ञवालीले तत्कालीन परराष्ट्रमन्त्री भएको बेलामा नेपाल-चीनबीचको सम्बन्ध रणनीतिक साझेदारीमा स्तरोनन्त भएको उल्लेख गर्दै विगतका सबै सहमति/सम्झौता कार्यान्वयन गर्न एमाले प्रतिबद्ध रहेको बताएउनु भयो।

चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले आयोजना गर्न लागेको १३औँ विश्व समाजवाद मञ्चमा भाग लिन उपमहासचिव ज्ञवाली र केन्द्रीय सदस्य रिजाल चीन जानु भएको हो । उक्त कार्यक्रममा नेपालका तर्फबाट समाजवाद निर्माणको नेपाली बाटो– ‘समृद्ध नेपालः सुखी नेपाली’ का बारेमा धारणा राखिने रिजालले उल्लेख गरेका छन्।