अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी यात्राको उद्घाटन गर्न अध्यक्ष ओली आजै धनगढी जानुहुँदै

मध्यपहाडी यात्राको उद्घाटन गर्न अध्यक्ष ओली आजै धनगढी जानुहुँदै


काठमाडौँ–नेकपा एमालेले आयोजना गरेको मध्यपहाडी (पुष्पलाल) राजमार्गको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली आजै धनगढी जाँदै हुनुहुन्छ ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार अपराह्न ४ बजे श्री एयरलाइन्सको जहाजबाट उहाँ धनगढी जान लाग्नु भएको हो । 

आज धनगढीमा साँझ धनगढीमा कार्यकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ । भोलि बिहान ८ बजे धनगढीबाट अध्यक्ष ओली बैतडीको झुलाघाटतर्फ जाने कार्यक्रम रहेको पोलिटव्यूरो सदस्य एवं कञ्चनपुर इन्चार्ज नारदमुनी रानाले जानकारी दिनुभयो । उहाँका अनुसार बैतडी जाने क्रममा अध्यक्ष ओलीले विभिन्न ठाउँमा स्थानीय जनता, कार्यकर्ता र नेताहरुसँग अन्तरक्रिया गर्ने, त्यहाँका विकास निर्माण र जनताका समस्याका बारेमा जानकारी लिने कार्यक्रम रहेको छ ।

एमालेले मध्यपहाडी राजमार्ग अन्तरगतका २६ वटा जिल्लाको स्थलगत भ्रमण मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गर्दैछ । मंसिर १४ गते बिहान साढे ८ बजे अध्यक्ष ओलीले राजमार्गको पश्चिमी विन्दु झुलाघाटबाट अभियानको उद्घाटन गर्नुहुनेछ । झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा नाम दिएको यो अभियानमा एमालेले मध्यपहाडका जनतासँग प्रत्यक्ष संवाद गर्ने त्यहाँका समस्या, विकास निर्माणको अवस्था आदिका बारेमा जानकारी लिने तयारी गरेको छ । १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिने एमालेले जनाएको छ । यात्रा अवधिभरि अध्यक्ष ओली सहभागी हुनुहुनेछ ।

अध्यक्ष ओलीको साथमा श्रीमती राधिकार शाक्य,स्वकीय सचिव राजेश बज्राचार्य लगायत यात्रामा सहभागी हुनुहुनेछ ।