अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो आज ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो आज ?


काठमाडौँ–नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । हिजो र आज दुवै दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३०० रुपैयाँले वृद्धि भएर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको हो ।