अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच सिंहदरबारमा के-के भयो छलफल ?

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच सिंहदरबारमा के-के भयो छलफल ?


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई सिंहदरबार पुगेर भेटवार्ता गर्नुभएको हाे।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको एक स्राेतले बताए।

सो अवसरमा उहाँहरूबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो।

प्रधानमन्त्री प्रचण्डले भोलि आफू कोप-२८ सम्मेलनमा जान लागेको जानकारी गराउँदै सुझाव माग्नु भएको थियो। अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई सुझाव दिँदै आफू पनि मध्यपहाडी लोकमार्गको पदयात्रा निस्कन लागेको जानकारी गराउनु भएको थियो ।

दुई नेताहरुबीचको भेटमा गणतन्त्रविरोधी पछिल्ला आन्दोलन, संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगोलगायतको विषयमा पनि छलफल भएको एक स्राेतले बताए।

अध्यक्ष ओलीले भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको नयाँ भवन बाहिरी र भित्री कक्षहरूको ‘थ्रिडी एनिमेसन अवलोकन गर्नुभएको थियो।

मध्यपहाडी यात्रामा निस्कनुअघि प्रधानमन्त्रीसँग भेट गर्न सिंहदबार पुगेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रचण्डले नयाँ कार्यकक्ष र कार्यालय भवनको अवलोकन गराउनु भएकाे थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंसिर ६ गते सो भवनको उद्घाटन गर्नुभएको थियो ।