दमौली-तनहुँको व्यास नगरपालिका-१४ स्थित रुम्सीमा आज अजिङ्गर फेला परेको छ।
स्थानीयवासीले करिब चार मिटर लम्बाइ भएको अजिङ्गर फेला पारेका हुन् । स्थानीयले उक्त अजिङ्गर डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन् ।
डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले अजिङ्गरलाई वन कार्यालयमा सुरक्षितरुपमा राखिएको जानकारी दिनुभयो । घाइते अवस्थामा रहेको अजिङ्गरलाई सुरक्षित स्थानमा छाडिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अजिङ्गरको ढाडमा चोट छ । केही दिनमा उक्त अजिङ्गरलाई सुरक्षित स्थानमा छाड्छौँ।”
प्रतिक्रिया