अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेकपा एमालेको ‘हाइ कमाण्ड’ धनगढीमा,आज बैतडी जाने

नेकपा एमालेको ‘हाइ कमाण्ड’ धनगढीमा,आज बैतडी जाने

अध्यक्ष ओलीले स्थानीवासीसँग बाटोमा अन्तरक्रिया गर्नुहुने




काठमाडौँ– पार्टीले भोली देखि आयोजना गरेको मध्यपहाडी यात्राका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित पार्टीको हाइ कमाण्ड धनगढी पुगेको छ ।
धनगढीमा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्मा, सचिव लेखराज भट्टलगायतका नेताहरु हिजै धनगढी पुगिसक्नु भएको छ । यस्तै अन्य उपाध्यक्ष, महासचिव, सचिव लगायतका शीर्ष नेताहरु आज धनगढी पुग्नुहुने एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर मध्यपहाडी लोकमार्ग अभियानको सुरु गर्दै हुनुहुन्छ । यो अभियान २१ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिने छ ।
अभियानको उद्घाटनका लागि अध्यक्षसहितको एमाले शीर्ष नेतृत्व आज बैतडी जाने भएको छ । अध्यक्ष ओलीसहित शीर्ष नेताहरु धनगढीदेखि बैतडीसम्म गाडीमा जाने प्रदेश सचिव चन्दले बताउनुभयो । अध्यक्ष ओलीले बाटोमा स्थानीयसँग छलफल, अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको उहाँले जानकारी दिनुभयो । पहाडको विकास र त्यहाँको सम्भावनाबारे स्थानीयवासी, सरोकारवाला पक्ष, उद्योगी, शिक्षक लगायतसँग अध्यक्ष ओलीले छलफल गर्ने कार्यक्रम रहेको सचिव चन्दले बताउनुभयो ।
नेपाल कम्यूनिष्ट पार्टीका संस्थपक पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्यपहाडी राजमार्गको लम्बाइ करिब १ हजार ८७९ किलोमिटर छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन्।