काठमाडौँ–काठमाडौँका विभिन्न स्थानमा भोलि विद्युत् सेवा आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले भोलि बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने जनाएको हो ।
प्राधिकरणका अनुसार कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया