अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन्।

महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।

पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १४ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिनुभयो।

पार्टीको विधानअनुसार सात जना प्रदेश सभापति केन्द्रिय सदस्य रहने छन्। पछिल्लो निर्णयअनुसार पार्टीको केन्द्रिय सदस्यको सङ्ख्या ६० पुगेको छ।

बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो।