अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिमा विवादका विषयमा बैतडी पुगेर अध्यक्ष ओलीको भनाइ -कुलो हैन महाकाली नदी हो नेपालको सिमाना

सिमा विवादका विषयमा बैतडी पुगेर अध्यक्ष ओलीको भनाइ -कुलो हैन महाकाली नदी हो नेपालको सिमाना



बैतडी- नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेपालको पश्चिम सिमाना कसैले बनाएको कुलो नभई महाकाली नदि भएको बताउनु भयको छ । नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले भोली देखी सुरु गर्न लागेको बैतडी झुलाघाट देखी पाँचथरको चिवा भञ्याङसम्मको सङ्कल्प यात्राको पुर्व सन्ध्यामा मंगलबार बैतडीको पाटनमा आयोजना गरियको स्वागत कार्यक्रमा बोल्दैअध्यक्ष ओलीले पुष्पलाल लोकमार्गमा हुने यो संकल्प यात्राले देश समृध्द हुन्छ भन्ने विश्वास दिलाउने बताउनुभयो । यो यात्राले समृध्द नेपालका थप सम्भावनाको खोजी गरी त्यसलाई एमालेले साकार पार्ने बताउनुभयो ।
अहिले देशको हरेक क्षेत्रको अवस्था वर्तमान सरकारले नाजुक बनाएको जसले गर्दा देश विकासमा नेपाल पछि परेको अध्यक्ष ओलीको धारणा थियो ।
स्वागत कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश र समाजको हितमा कार्य गर्नुहुने २५७ जनालाई अध्यक्ष ओलीले सम्मान गर्नुभएको थियो । एमालेले भोली नेपाल भारतको पश्चिमी सिमा बैतडीको झुलाघाट स्थित महाकाली नदी देखि समृध्दिका लागि संकल्प यात्रा सुरु गर्दै छ । यो यात्राको नेत्तृत्व एमाले अध्यक्ष ओली आफैले गर्नुहुनेछ । यात्रा बैतडीको झुलाघाट देखि पुष्पलाल मध्यपहाडी लोकमार्गमा हुनेछ । तीन साता लामो यात्रा पाँचथरको चिवा भञ्ज्याङमा पुगेर समापन हुनेछ ।