अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडमा एमालेको समृद्धि यात्रा आजबाट,अध्यक्ष ओलीले झुलाघाटमा उद्घाटन गर्नुहुने

मध्यपहाडमा एमालेको समृद्धि यात्रा आजबाट,अध्यक्ष ओलीले झुलाघाटमा उद्घाटन गर्नुहुने


बैतडी- नेकपा एमालेले आजबाट मध्यपहाडमा आर्थिक सामाजिक विकास र रुपान्तरणका पक्षमा लोकमार्ग केन्द्रित अभियान सरु गर्दैछ ।

वैतडीको झुलाघाटबाट अहिले बिहान साढे ८ बजे अध्यक्ष केपी शर्मा ओलीले यो अभियानको उद्ध्घाटन गर्दैहुनुहुन्छ । अभियानमा सहभागी हुन अध्यक्ष ओली सहितका नेताहरु हिजो नै बैतडी पुगिसक्नु भएको छ । एमालेले मध्पहाडी राजमार्गले छोएका २६ वटा जिल्लामा तीन हप्ते लङ मार्चपास अभियान गर्न लागेको हो । पहाडी क्षेत्रको विकास र समृद्धिका नयाँ आयामहरु पत्ता लगाउन ,यस क्षेत्रका समस्याहरुका बारेमा स्थानीयबासीहरुसँग छलफल गर्न अभियान आयोजना गर्न लागिएको हो । पार्टीको मंसिर ६ गते बसेको केन्द्रिय कमिटीको बैठकले यो अभियानका कार्ययोजना पारित गरेको हो ।
झुलाघाट चिवाभञ्ज्याङ ः समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिइएको यो यात्रा आगामी पुष २ गते समापन प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौत्मले राजकारी दिनुभयो ।