अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडको करिब २ हजार किलोमिटर यात्रामा एमालेका सभाहरु कहाँ कहाँ हुदैछन् ?

मध्यपहाडको करिब २ हजार किलोमिटर यात्रामा एमालेका सभाहरु कहाँ कहाँ हुदैछन् ?


काठमाडौं– नेकपा एमाले आजदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्दैछ । एमाले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभज्याङसम्मको यात्रा सुरु गर्न लागेको हो ।
आज बिहान ८ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर अभियानको सुरुवात गर्दै हुनुहुन्छ । अभियानमा ५० लाख जनतासँग सात्क्षाकार गर्ने एमालेको योजना छ । पुष्पलाल राजमार्गको रुपमा चिनिने मध्यपहाडी लोकमार्ग १ हजार ८७९ किलोमिटर छ । यात्राका दौरानमा स्थानीय जनता, सरोकारवाला, वृद्धिजीविसँग छलफल हुने एमाले प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
अभियान किन ?
एमालेले पहाडी जिल्लाको विकास निर्माणका कार्य, बसाईंसराइको समस्यालगायतका विषयमा जनतासँग प्रत्यक्ष संवाद, त्यहाँका समस्याका बारेमा बुझ्न मध्यपहाडी लोकमार्गको यात्राको सुरुवात गर्न लागेको हो । प्रचारप्रसार विभाग प्रमुख गौतमले पहाडमा विकास र समृद्धि हुँदा पनि बसाइसराई उस्तै भएकाले त्यसलाई रोक्न यात्राको सुरुवात गरिएको बताउनुभयो ।
यात्रामा पार्टी अध्यक्ष ओलीले पहाडको विकास, समृद्धि र बसाईसराइका बारेमा स्थानीय जनता, वुद्धिजीवि, किसान।उद्योगी व्यवसायीसग छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।


यस्तै अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक गरिएको भिडियोमा स्थानीय सम्बन्ध विस्तार गरी राष्ट्रिय सन्देश दिन एमालेले अभियान गर्न लागेको सन्देश दिनुभएको थयो ।
अभियानमा कहाँ–कहाँ हुन्छ सभा ?
एमालेले अभियानका क्रममा १४ भन्दा बढी ठाउँमा कोणसभा र दर्जनौँ स्थानमा भेटघाट, अन्तरक्रिया र जनतासँग प्रत्यक्ष संवाद गर्नेछ । त्यस क्रममा एमालेले जनताका गुनासा, अपेक्षा सुन्ने र समाधानको प्रयास गर्ने जनाइएको छ ।
१. बैतडी– गोठालापानी
२.डडेलधुरा –अमरगढी
३.अछाम –मंगलसेन
४. दैलेख– राकम
५.सुर्खेत –सुर्खेत बजार
६.रुकुमकोट –वामी टक्सार
७. पर्वत –कुश्मा
८.गोरखा –सुन्दरबजार
९.नुवाकोट –विदुर
१०.काभ्रेपलाञ्चोक –मण्डन
११.दोलखा –चरिकोट
१२.ओखलढुंगा –हर्कपुर
१३.तेह्रथुम –वसन्तपुर
१४.पाँचथर– फिदिम
नेताहरु को कहाँ खटिँदैछन्
गत मंसिर ६ गते बसेको केन्द्रीय कमिटी बैठकले अभियानको कार्ययोजना पारित गरेको छ । यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा पदाधिकारी, केन्द्रीय निकायका अध्यक्षरप्रमुखहरू, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटी सदस्य र तोकिएका व्यक्ति टोलीमा रहनेछन् ।
एमाले प्रचारप्रसार विभाग प्रमुख गौतमका अनुसार अभियानका क्रममा नेताहरूका सवारीसाधनका अतिरिक्त चारवटा विशेष टिम हुनेछ । जसमा एम्बुलेन्ससहितको मेडिकल टिम, सवारीसाधन मर्मत सम्भार गर्ने मेकानिकल टिम, केन्द्रीय प्रचार टिमका साथै न्यूनतम २० जना दक्ष स्वयंसेवकका लागि चारवटा गाडी सहभागी हुनेछन् । अभियानमा सहभागी सबै केन्द्रीय नेताहरूले सवारीसाधनको इन्धनको प्रबन्ध आफैँले गर्नुपर्नेछ ।