अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी यात्राले चिन्तन मनन र नीति योजना निर्माण गर्न मद्दत पुग्नेछ : अध्यक्ष ओली

मध्यपहाडी यात्राले चिन्तन मनन र नीति योजना निर्माण गर्न मद्दत पुग्नेछ : अध्यक्ष ओली


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्ग यात्राले चिन्तन मनन र नीति योजना निर्माण गर्न मद्दत पुर्‍याउने बताउनुभएको छ । 

बिहीबार बैतडीको झुलाघाटबाट यात्राको उद्घाटन गर्दै उहाँले झुलाघाट–चिवाभञ्ज्याङ 

 यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने बताउनुभएको हो ।  

अध्यक्ष ओलीले पार्टीले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्रा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो यात्रा संवादको यात्रा हो, यो यात्रा अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने संकल्प यात्रा हो । जसलाई नेकपा एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ ।’

अध्यक्ष ओलीले यात्राका क्रममा मध्यपहाडी भूभागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सिप विकासको अध्ययनबारे जनतासँग संवाद गर्ने बताउनुभयो । 

एमालेका मधयपहाडी यात्रा झुलाघाटबाट चिवाभञ्ज्याङ पुगेर सकिनेछ ।