अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झुलाघाटमा फहरायो चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा, तस्बिरहरु

झुलाघाटमा फहरायो चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा, तस्बिरहरु


काठमाडौँ– बैतडीको झुलाघाटमा चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा फहराएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज महाकाली नदी किनारमा चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा फहराउनु भएको हो । उहाँले राष्ट्रिय झण्डा झन्डोत्तोलन गर्दै पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ को उद्घाटन गर्नुभयो ।  

सो अवसरमा  अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताउनुभयो । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उहाँको भनाइ थियो । 

सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ  । आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको एमालेले जनाएको छ ।