काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दशरथ चन्दको शालिकमा माल्यार्पण गर्नु भएको छ । आज बिहान सहिद दशरथ चन्दको घरमा पुगेर अध्यक्ष ओली, महासचिव शंकर पोखरेलसहितका नेताहरुले उहाँको शालिकमा माल्यार्पण गर्नुभएको हो ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ गर्न बैतडी पुग्नु भएका ओली लगायतका नेताहरू बैतडीको बस्कोटस्थिति सहिद दशरथ चन्दको जन्मघरमा पुग्नु भएको हो । झुलाघाटमा राष्ट्रिय झण्डोत्तोलन गरेपछि ओली लगायतका नेहरुका सो घरमा पुग्नु भएको थियो ।
त्यस्तै सो घरमा राखिएको आगन्तुक पुस्तिकामा पनि नेताहरूले हस्ताक्षर गर्नुभएको छ ।









प्रतिक्रिया