अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सत्ता गठबन्धनका कारण देश दुर्गतितर्फ गयोः अध्यक्ष ओली

वर्तमान सत्ता गठबन्धनका कारण देश दुर्गतितर्फ गयोः अध्यक्ष ओली


बैतडी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्दनका कारण हरेक क्षेत्रमा देश दुगर्तीतर्फ गएको बताउनु भएको छ।

एमाले बैतठडीले बैतडीको पाटनमा बुधबार आयोजना गरिएको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले देश राजनीतिक रुपमा अस्थितरतातर्फ धकिलिएको र आर्थिक रुपमा टाट पल्टदै गएको बताउनुभयो।
‘हामी एमाले सरकारमा हुँदा तिब्र रुपमा प्रगती गर्ने विश्वका दश वटा देशमध्ये नेपाल पनि पथ्र्यो तर अहिले हरेक क्षेत्रमा टाट पल्टदैं गएको छ, ’उहाँले थप्नुभयो, ‘शिक्षा क्षेत्रमा व्यापारिकरण र निजिकरण भएको छ। विकास कमिशन र भ्रष्टाचारको अखडा बनेको छ । धेरै वन र खेतीपाती भएको नेपाल एसिया महादेशकै गरिबको सूचीमा परेको छ। नागरिकमा निकै निराश बढेको छ।’

हाम्रो पालामा विश्व बैंकले नेपालको समृद्धीको आशाको दियो बलेको प्रति खुशी व्यक्त गरेको उल्लेख गर्नु भएका अध्यक्ष ओलीले २०७२ को महाभुकम्पको बेला क्षतीग्रस्त ९ लाख घरहरुको पुनःनिर्माण ३ वर्षमै सम्पन्न गर्दा विश्व समुदाय नैं चकित परेको बताउनु भयो। उहाँले कोरोनाको समयमा स्वास्थ्य क्षेत्रमा भएको प्रगतीका बारेमा उत्साहित देखिएको विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० पनि नेपालको पछिल्लो स्वास्थ्यको अवस्था देख्दा निकै निराश देखिएको उल्लेख गर्नुभयो।

‘हामीले सरकारको नेतृत्व गरेको बेला ७ प्रतिशतले देशको उत्पादकत्व वृद्धी भएको थियो। हरेक दिनमा ६.६ किलोमिटरका दरले सडक निर्माण भएको थियो। हजारौं पुल निर्माण भए। हाम्रो भूगोल सामेल गरेर नक्सा बनायौं। काठमाडौंलाई दिल्ली र बेइजिङसँग जोड्नेकाम शुरु गयौं। हामीले गरेको देश विकासको गतिलाई पचाउन नसकेका प्रतिक्रिया वादी शक्तिहरुले हाम्रो सरकार ढाक्न अनेक तिकडम गरे’ उहाँले भन्नुभयो।

सत्ता बचाउने धाउन्यमा केन्द्रीत हरेको वर्तमान सरकारले देशमा सुशासन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा दिन नसकेको उल्लेख गर्नु भएका अध्यक्ष ओलीले देशमा कमिसनतन्त्र हाबी भएको र कमिसनले गर्दा देशको आर्थिक अवस्था डामाडोल भएको बताउनुभयो।

उहाँले भन्नुभयो ‘विश्वमा अर्थतन्त्र अगाडि बढिरहेको बेला हामी एमालेलाई सत्ताबाट बहिर्गमन गर्न अनेक हतकण्डा प्रयोग गरेको वर्तमा सत्ता गठबन्दनले अहिले नेपालको अवस्था बेहाल बनाए।’

पहाडी क्षेत्रको समृद्धीका लागि पथयात्रा
नेकपा एमालेले मध्ये पहाड क्षेत्रको विकास समृद्धीका लागि ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ शुरु गरेको अध्यक्ष ओलीले बताउनु भएको छ।

संकल्प यात्राका क्रममा सुदुरपश्चिमको धनगढी बाट स्थलमार्ग हुँदै बैतडी पुग्नु भएका अध्यक्ष ओलीले हामी हिडेर आएको बाटोको अवस्था निकै दयनिय रहेछ। यसको मध्यपहाडको विकास बिना देशको समृद्धी संभव नहुने निष्कर्षका साथ एमालेले यो अभियान शुरु गरेको उल्लेख गर्नुभयो।

‘नेपाल पानी र खानीको देश हो । त्यसका प्राय मुहान मध्य पहाडमा हुँदाहुँदै पनि मध्य पहाड गरिबी र अभावमा छटपटाइरहनु परेका छ उहाँले भन्नुभयो, एमालेको नेतृत्वमा हिमाल, पहाड र तराईको विकास संभव छ भन्ने सन्देश दिनकै लागि यो अभियानको थालनी गरिएको हो।’

अघिल्ले पटक तराईको विकास र समृद्धीका लागि एमालेले तराईको भूमीलाई पाइला–पाइला नाप्दै अभियान सञ्चालन गरेको उल्लेख गर्नु भएका अध्यक्ष ओलीले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म हुने ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’मा ध्य पहाडको विकास संभावना, त्यस क्षेत्रको अवस्थाका बारेमा विभिन्न क्षेत्रका नागरिकसँग छलफल र परामर्श गर्ने जानकारी दिनुभयो ।
‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ बुधबार देखि शुरु हुने ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ का लागि एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटि सदस्य, पोलिव्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेतहरु अभियानमा सहभागि हुनु भएको छ।